दोश्रा युवकलाई समयमा अस्पताल लगेको भए बाँच्थे कि: कांग्रेस – EsancharPati
दोश्रा युवकलाई समयमा अस्पताल लगेको भए बाँच्थे कि: कांग्रेस

दोश्रा युवकलाई समयमा अस्पताल लगेको भए बाँच्थे कि: कांग्रेस

जेठ ५ । नेपाली कांग्रेसले बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका कोरोना संक्रमित युवकलाई किन बेलैमा अस्पताल नलगिएको भनी सरकारलाई प्रश्न गरेको छ । सोमबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी अघिल्लो दिनदेखि नै पटकपटक वान्ता गरेको, स्वास फेर्न कठिनाइ भएको, ज्वरो आएको थाहा हुँदाहुँदै अस्पताल किन नलगिएको भनी प्रश्न गरेका हुन् ।

क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राति एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन? कांग्रेसको प्रश्न हो यो । एम्बुलेन्स चालक असुरक्षित भएर एम्बुलेन्स उपलब्ध नभएको भए चालकलाई किन सुरक्षा सामग्री उपलब्ध नगराएको भनी कांग्रेसले सोधेको छ । मृत्यु भएपछि ती युवकको शव दिनभर क्वारेन्टाइन बनाइएको विद्यालयको चौरमा राखिएकोमा पनि कांग्रेसले विरोध छ । यसरी अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित ब्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन्?’ शर्माको अर्को प्रश्न ।

नेपालमा संक्रमित भेटिएको चार महिना पुग्न लाग्दासम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थिति हुनु सरकारको गम्भीर लापरबाही भएको शर्माले आरोप लगाएका छन् । साथै गम्भिर भएर काम गर्न कांग्रेसले सरकारलाई सचेत गराएको विज्ञप्तिमा उल्लेख छ ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares