भक्तपुर युवतीका आफन्तको रिपोर्ट नेगेटिभ – EsancharPati
भक्तपुर युवतीका आफन्तको रिपोर्ट नेगेटिभ

भक्तपुर युवतीका आफन्तको रिपोर्ट नेगेटिभ

जेठ् ३ । केही दिन अघी भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी सुनसरीकी युवतीका आफन्तको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा आफन्तको रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको छ ।

उक्त युवती सुनसरीमा ४९ दिन बिताएर २९ वैशाखमा मोटरसाइकलमा भक्तपुर पुगेकी थिइन । युवतीमा मंगलबार कोरोना संक्रमण देखिएको थियो । कोरोना सङ्क्रमित देखिएपछि उनका आफन्त र छिमेकी गरी १९ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । ती सबैको परीक्षण कोशी अस्पताल विराटनगरमा भएको हो । शुक्रबार राति परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिएकी छिन् ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share