लिम्पियाधुरा, लिपुलेक र कालापानी लाई समेटेर नक्सा जारी गर्ने घोषणा – EsancharPati
लिम्पियाधुरा, लिपुलेक र कालापानी लाई समेटेर नक्सा जारी गर्ने घोषणा

लिम्पियाधुरा, लिपुलेक र कालापानी लाई समेटेर नक्सा जारी गर्ने घोषणा

काठमाडौं २ जेठ — नेपाल सरकारले छिटै कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको बताउँदै मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने बताएकी हुन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिनेछ । तदनुरुप नै छुटेको भूमि समेत समावेश गरी छिटै नेपालको नक्सा जारी गरिनेछ ।”सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने समेत उनले बताइन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आज यो घोषणा गरेकी हुन। यसैबीच शुक्रबार विहान बसेको नेकपाको सचिवालय बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्ने कुरा नीति कार्यक्रममा समावेश गर्न सुझाव दिएको थियो ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares