नेपालमा थप तीन जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २४९पुग्यो – EsancharPati
नेपालमा थप तीन जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २४९पुग्यो

नेपालमा थप तीन जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २४९पुग्यो

१ जेठ, काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना संक्रमण को पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २४९ पुगेको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।उनका अनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालक, जनकपुर धनुषाका १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपाल मा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ भने ३५ जना निको भएर घर फर्किएका छन्।

Share This
  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares