भारतमा संक्रमित संख्या ७४ हजार नाघ्याे, २ हजार ४१५ को मृत्‍यु – EsancharPati
भारतमा संक्रमित संख्या ७४ हजार नाघ्याे, २ हजार ४१५ को मृत्‍यु

भारतमा संक्रमित संख्या ७४ हजार नाघ्याे, २ हजार ४१५ को मृत्‍यु

बैशाख ३१ । विश्वव्यापी महामारीका करण भारतमा संक्रमितकाे संख्या ७४ हजार नाघेकाे वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । हाल्सम्म भारतमा कोरोना संक्रमित संख्या ७४ हजार २९२ पुगेकाे छ भने ज्यान गुमाउनेकाे संख्या २ हजार ४१५ पुगेकाे जनाइएको छ ।

गत साेमबार एकैदिनमा ३ हजार ६०७ नयांँ संक्रमित फेला परेकाेमा मंगलबार ३ हजार ५२४ नयाँ संक्रमित थपिएका हुन् । मंगलबार मात्र त्यहाँ १२१ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । यसैबीच भारतमा २४ हजार ४२० जना भने कोरोना संक्रमणबाट निको भई घर फर्किइसकेका छन् । बाँकी ४७ हजार ४५७ संक्रमित हाल उपचाररत रहेकाे बताइएको छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share