कर्णेलको कारसँग ठक्कर खाएर मोटरसाइकल चालकको मृत्यु – EsancharPati
कर्णेलको कारसँग ठक्कर खाएर मोटरसाइकल चालकको मृत्यु

कर्णेलको कारसँग ठक्कर खाएर मोटरसाइकल चालकको मृत्यु

बैशाख २६ । आज बिहान रविभवनमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

कलङ्कीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किदा मोरङका बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको छ । कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा गई कारसँग ठोक्किन पुगेको प्रहरीको भनाइ छ । घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्याएपनि उनको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले जनाए अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको कार चालक स्युचाटार बस्ने कर्नेल शेखर जबरा हिरासतमा छन् ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares