विश्वभर कोरोनाबाट २ लाख ६३ हजार बढीको मृत्यु, ३७ लाख ४८ हजार बढी संक्रमित, – EsancharPati
विश्वभर कोरोनाबाट २ लाख ६३ हजार बढीको मृत्यु,  ३७ लाख ४८ हजार बढी संक्रमित,

विश्वभर कोरोनाबाट २ लाख ६३ हजार बढीको मृत्यु, ३७ लाख ४८ हजार बढी संक्रमित,

काठमाडौं, २४ बैशाख । विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ६३ हजार १ सय ४६ पुगेको छ। भने संक्रमितको संख्या ३७ लाख ४८ हजार ९ सय ५९ पुगेको छ।

संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १२ लाख २७ हजार ४ सय ३० जनामा संक्रमण पुष्टि भइसकेको छ।मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ७३ हजार ९५ को मृत्यु भएको छ।विश्वभर १२ लाख ३८ हजार ४ सय ५३ हजार संक्रमणमुक्त भइसकेका छन्।

संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ १ लाख ८९ हजार ९ सय १० जना संक्रमणमुक्त भएका छन्। त्यस्तै जर्मनीमा १ लाख ३७ हजार ६ सय ९६, स्पेनमा १ लाख २६ हजार २ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै स्पेनमा २ लाख २० हजार ३ सय २५, इटालीमा २ लाख १४ हजार ४ सय ५७, बेलायतमा २ लाख २ हजार ३ सय ५६, फ्रान्समा १ लाख ७४ हजार २ सय २४, जर्मनीमा १ लाख ६८ हजार १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बेलायतमा ३० हजार १ सय ५०, इटालीमा २९ हजार ६ सय ८४, स्पेनमा २५ हजार ८ सय ५७, फ्रान्समा २५ हजार ८ सय १२ जनाको मृत्यु भइसकेको छ।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares