भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४९ हजार नाघ्यो,मृत्यु हुनेको संख्या एक हजार ६९४ – EsancharPati
भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४९ हजार नाघ्यो,मृत्यु हुनेको संख्या  एक हजार ६९४

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४९ हजार नाघ्यो,मृत्यु हुनेको संख्या एक हजार ६९४

२४ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण बाट ज्यान गुमाउनेको संख्या ४९ हजार नाघेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ६९४ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमित हुनेको संख्या ४९ हजार तीन सय ९१ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार नौ सय ५८ नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो दिन भारतमा तीन हजार नौ सय नयाँ संक्रमित थपिएका थिए ।पछिल्लो २४ घण्टामा भारतमा एक सय २६ जनाको मृत्यु भएको हो । अघिल्लो दिन मृत्यु हुनेको संख्या १९५ थियो ।

Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares