बुद्ध जयन्ती समारोह तथा बौद्ध सम्मेलन स्थगित – EsancharPati
बुद्ध जयन्ती समारोह तथा बौद्ध सम्मेलन स्थगित

बुद्ध जयन्ती समारोह तथा बौद्ध सम्मेलन स्थगित

वैशाख १८ । लुम्बिनी विकास कोषले बिहीबार एक विज्ञप्ति जारी गर्दै वैशाख २५ गतेका लागि तय भएको २५६४ औं बुद्ध जयन्ती मूल समारोह र त्यसको दुई दिनअघि सुरु हुने तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रम स्थगित भएको जानकारी दिएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण समारोह तथा सम्मेलन स्थगित गर्नु परेको बताइएको छ ।

गत वर्षहरूमा जस्तो हजारौं संख्यामा मानिस भेला भई कार्यक्रम आयोजना गर्ने अवस्था नभएको कोषले जनाएको छ । तेस्रो, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा समिति गठन गरिएको थियो तर लकडाउन एवम सामाजिक दूरी कायम राख्नु पर्ने बाध्यताका कारण यस्तो निर्णय गर्नुपरेको हो ।

कोषका कायममुकायम सदस्य सचिव ज्ञानिन राईले भन्नुभयो, “सचिवालयसमेत स्थापना गरी सम्मेलनको तयारी भइरहेका बेला कोरोना महामारीका कारण कार्यक्रम स्थगित गर्नुपर्यो ।”

बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि कोषले ४ करोड रुपैयाँ बजेट माग गरेकामा एक करोड रुपैयाँ वार्षिक कार्यक्रम अन्तर्गत स्वीकृत समेत भएको बताइएको छ । बुद्ध जयन्तीको अवसरमा लुम्बिनी विकास कोषले मायादेवी मन्दिर परिसरमा सामाजिक दुरी कायम गरीे बौद्ध भिक्षु/भिक्षुणी तथा लामा गुरुहरूबाट प्रार्थना, पूजापाठ र २५ सय ६४ वटा दीप प्रज्वलनको कार्यक्रम राखेको छ ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares