प्रधानमन्त्री र प्रधानन्यायाधीशको गाेप्य भेट, विपक्षिको कान ठाडो – EsancharPati
प्रधानमन्त्री र प्रधानन्यायाधीशको गाेप्य भेट, विपक्षिको कान ठाडो

प्रधानमन्त्री र प्रधानन्यायाधीशको गाेप्य भेट, विपक्षिको कान ठाडो

वैशाख १७ । प्रधानमन्त्री निवासमा सोमबार राती प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश जबराबीच गोप्य भेटवार्ता भएको छ । सीमित सार्वजनिक समारोह र बैठकबाहेक व्यक्तिगत भेट नहुने राज्यका प्रमुख दुई अंगहरू– कार्यपालिका र न्यायपालिकाका प्रमुखबीचको यो गोप्य भेटवार्ता अनी नेकपाभित्र सत्ता किचलो उत्कर्षमा पुगेको बेला यो भेटवार्ता लाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश जबराबीच रातिको समयमा भेट भए पनि त्यसको एजेन्डा, विषयवस्तु र अन्य विवरण दुवैले खुलाएका छैनन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्नेदेखि अदालतमा विचाराधीन विषयवस्तुसम्म भेटघाटका एजेन्डा हुन सक्छन् ।

पूर्वमाओवादीनिकट एक वरिष्ठ अधिवक्ताले भने, “प्रधानमन्त्रीज्यू संवैधानिक अंग र निकायका पदाधिकारीहरूलाई प्रभावित गरेर ती निकायलाई आफूअनुकूल चलाउन खोज्नुहुन्छ भन्ने कुरा यसअघिका अनेक घटनाबाट देखिएकै हो,”, “अदालतमा अनेक मुद्दाहरू छन् । सत्ता जोगाउन अहिले प्रधानमन्त्री जे गर्न पनि तयार हुनुहुन्छ भन्ने कुरा आइरहेको छ । त्यसैले यसबेला भएको भेटघाटले जो कोहीलाई सशंकित बनाउनु स्वाभाविक हो ।” यसका साथै यो घटनाले प्रतिपक्ष दलहरुको समेत कान ठाडो भएको जानकारहरु बताउनुहुन्छ ।

Share This
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares