फेरी तीन जना थपिए, संक्रमित संख्या ५७ पुग्यो – EsancharPati
फेरी तीन जना थपिए, संक्रमित संख्या ५७ पुग्यो

फेरी तीन जना थपिए, संक्रमित संख्या ५७ पुग्यो

वैशाख १७ । बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

नयाँ थप संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू रहेका छन । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

आइतबार वीरगञ्‍जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये वीरगञ्ज-१६ का एक जना दिल्लीको धार्मिक सभामा सहभागी भएका थिए । उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूलाई खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षीय पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । उनको पनि रिपोर्ट पोजेटिभ भएको आएको छ ।

त्यसै गरी बाराका संक्रमित पनि जमातीको सम्पर्कका आएकाहरूको खोजी गर्ने क्रममा परीक्षणको दायरामा आएका थिए । उनीहरू ६ मार्चमा दिल्ली गएर ११ मार्चमा नेपाल फर्किएका थिए ।

यस सँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ५७ पुगेको छ भने १६ जना निको भएर घर गईसकेका छन् ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares