कोरोना कहर :विश्वभर २ लाख १७ हजारभन्दा बढीको मृत्यु , ३१ लाखभन्दा धेरै संक्रमित – EsancharPati
कोरोना कहर :विश्वभर २ लाख १७ हजारभन्दा बढीको मृत्यु , ३१ लाखभन्दा धेरै संक्रमित

कोरोना कहर :विश्वभर २ लाख १७ हजारभन्दा बढीको मृत्यु , ३१ लाखभन्दा धेरै संक्रमित

काठमाडौं –विश्वभर कोरोना भाइरसको महामारीबाट २ लाख १७ हजार भन्दा धेरैको मृत्यु भएको छ भने ३१ लाखभन्दा बढी संक्रमित भएका छन् २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणले ३१ लाख ३५ हजार ८९५ जना संक्रमित भएका छन् ।यस्को संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १७ हजार ७६३ पुगेको छ भने ९ लाख ५२ हजार ९९० जना उपचारपछि घर फर्किएका छन् ।

२४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ३१५ जनाको मृत्यु भएको छ भने ७५ हजार ९४९ जना संक्रमित भएका छन् ।भाइरसको महामारीबाट अमेरिकामा मात्रै १० लाख ३५ हजार ३६५ जना संक्रमित भएका छन् । महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५९ हजार २६६ पुगेको छ भने इटालीमा एकै दिन ३८२ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २७ हजार ३५९ पुगेको छ त्यस्तै संक्रमितको संख्या २ लाख १ हजार ५०५ पुगेको छ ।

स्पेनमा २३ हजार ८२२ जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार १२८ जना संक्रमित भएका छन् भने फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट २३ हजार ६६० जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ९११ जना संक्रमित भएका छन् त्यस्तै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार ६७८ पुगेको छ । त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ६१ हजार १४५ पुगेको छ ।

Share This
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares