संक्रमितको संख्या ४७ पुग्यो , दुई जनामा कोरोना संक्रमण पुष्टि – EsancharPati
संक्रमितको संख्या ४७ पुग्यो , दुई जनामा कोरोना संक्रमण पुष्टि

संक्रमितको संख्या ४७ पुग्यो , दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,११ वैशाख। आज दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोर रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै संक्रमितको संख्या ४७ पुगेको छ भने उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।

उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका -३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमितको संख्या नेपालमा ४७ पुगेको छ। यीमध्ये ९ जना उपचारपछि निको भइसकेका छन्। बिहिबार मात्र दुईजना निको भएर घर फर्किएका हुन्।

Share This
  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares