एक समूहले वडाध्यक्षलाई निर्घात कुटे – EsancharPati
एक समूहले वडाध्यक्षलाई निर्घात कुटे

एक समूहले वडाध्यक्षलाई निर्घात कुटे

बैशाख १० । खानेपानीको व्यवस्था नगरेको आरोप लगाउदै एक समूहले जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपालीलाई गए राति निर्घात कुटपिट गरेका छन । कुटपिटबाट वडाध्यक्ष नेपाली घाइते भएको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए । कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात जना पक्राउ परेका छन ।

वडा अध्यक्ष नेपालीलाई थप उपचारका लागि सुर्खेत लगिएको छ ।

Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares