कोरोना कहर: विश्वभर ज्यान गुमाउनेको संख्या १,७७,४५९ पुग्यो, – EsancharPati
कोरोना  कहर: विश्वभर  ज्यान गुमाउनेको संख्या १,७७,४५९ पुग्यो,

कोरोना कहर: विश्वभर ज्यान गुमाउनेको संख्या १,७७,४५९ पुग्यो,

काठमाडौँ । विश्वका २१० देश फैलिएको कोरोना भाइरसको संक्रमणबाट १ लाख ७७ हजार बढी मानिसको ज्यान गएको छ्।चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको केन्द्रबिन्दु हालल यूरोप र अमेरिका बनेका छन् । यूरोपमा मात्रै एक लाख बढी मानिसको ज्यान गनको छ। पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ६२ जना संक्रमितको ज्यान गएको छ ।

कोरोनाको संक्रमणबाट अमेरिकामा सबैभन्दा धेरै संक्रमित रहेका छन् भने सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । अमेरिकामा ४५ हजार ३ सय १८ संक्रमितको ज्यान गएको छ । ८ लाख १८ हजार ७ सय ४४ जना कोरोना संक्रमित भएका छन् । भने एस्तै हालसम्म स्पेनमा २१२८२, इटली २४६४८, फ्रान्स २०७९६, यूके १७३३७, जर्मनी ५०८६, इरान ५२९७, चीन ४६३२, बेल्जियम ५९९८, नेदरल्याण्ड ३९१६ र टर्कीमा २२५९ को ज्यान गएको छ।

Share This
  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares