नेपालमा कोरोना संक्रमितहरुको संख्या ३१ पुग्यो, १६ भारतीय नागरिक – EsancharPati
नेपालमा कोरोना संक्रमितहरुको संख्या ३१ पुग्यो, १६ भारतीय नागरिक

नेपालमा कोरोना संक्रमितहरुको संख्या ३१ पुग्यो, १६ भारतीय नागरिक

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारी अनुसार शनिबार एक जना ६५ बर्षीय पुरुषमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भए सगै संक्रमितहरुको संख्या ३१ पुगेको हो। उदयपुरस्थित मस्जिदमै रहेका उनी पनि भारतीय नागरिक भएको बुझिएको छ ।

मोरङस्थित टाँडीको क्वारेन्टाइनमा रहेका उनलाई आज विराटनगरस्थित कोरोना विशेष अस्पतालमा भर्ना गर्ने तयारी गरिएको छ । नेपालमा भेटिएका ३१ जना संक्रमितमध्ये १६ जना त भारतीय नागरिक हुन्।३१ जनामध्ये तीन जना निको भएका छन् । दुई जना घर फर्किसकेका छन् भने एक जना ६५ बर्षीया संक्रमित महिला आज घर फर्किने बताइएको छ ।

Share This
  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares