सर्लाहीका एक बालकमा र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखियो – EsancharPati
सर्लाहीका एक बालकमा र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखियो

सर्लाहीका एक बालकमा र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखियो

वैशाख ६ । सर्लाहीमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक १४ वर्षीय बालकमा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्‍यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो । धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका उक्त बालकलाई शुक्रबार साँझ आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुष्टि गरे भने उनलाई थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको समेत बताए । उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई र्‍यापिड टेष्ट गर्दा नेगेटिभ देखिए तापनि थप परीक्षणका लागि उनलाई पनि जनकपुर पठाइएको प्रजिअले बताए ।

चैत २३ गते नीज बालक भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका हुन । भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares