इटलीबाट आएकी महिलामा र्‍यापिड टेस्ट पोजेटिभ पीसीआर परीक्षण हुन बाँकी – EsancharPati
इटलीबाट आएकी महिलामा र्‍यापिड टेस्ट पोजेटिभ पीसीआर परीक्षण हुन बाँकी

इटलीबाट आएकी महिलामा र्‍यापिड टेस्ट पोजेटिभ पीसीआर परीक्षण हुन बाँकी

वैशाख ४ । केही समय अघी इटलीबाट आएकी एक ३१ वर्षीया महिलाको र्‍यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन भने बाँकी छ । बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना सं‌क्रमण परीक्षण सुरु गरेको थियो । उनी आफैं जाँच गराउन आइपुगेकी थिइन् ।

चैत पहिलो साता आएकी उनले १४ दिन क्वारेन्टाइनमा बसेपछि आफन्तसँग भेटघाट गरेको पाइएको छ । २२ दिनसम्म घरमै क्वारेन्टाइनमा बसेको भनिएकी उनको टेष्ट गर्दा पोजेटिभ आयो । उनी विदेशबाट आएको स्थानीय तहको रेकर्डमा नभएको कुरा मेयर उद्धवप्रसाद खरेलले बताउनु भएको छ । बुधबार भएको टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ भने उनको परीक्षणमा खटिएका खटिएका डाक्टर, उनका एक सहयोगी र ल्याबका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares