साउदी राजपरिवारका १५० जना कोरोना संक्रमित – EsancharPati
साउदी राजपरिवारका १५० जना कोरोना  संक्रमित

साउदी राजपरिवारका १५० जना कोरोना संक्रमित

काठमाडौं – कोरोना भाईरसले साउदी अरबको शाही परिवारका १५० जना संक्रमित भएका छन् साउदीको राजपरिवारमा संक्रमण देखिएसंगै ८४ बर्षीय राजा सलमान युवराज मोहम्मद बिन सलमान आइसोलेशनमा बस्न थालेको जनाएको छ ।

साउदीमा विशिष्ठ ब्यक्तिहरुको उपचार किंग फैसल स्पेशलिस्ट अस्पतालमा गरिदै आएको छ ।राजपरिवारको उपचारमा किंग फैसल स्पेशलिस्ट अस्पतालका डाक्टरहरु संलग्न भएको बताइएको छ ।कोरोनाको उपचारका लागि अस्पतालले थप ५ सय शैयाको ब्यवस्था गरेको छ । साउदी अरबमा कोरोनाका कारण अहिलेसम्म ४४ जनाको मृत्यु भैसकेको छ भने ३ हजार २ सय ८७ जना संक्रमित भएका छन् ।

Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares