स्वास्थ्यमा सुधार नआएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना – EsancharPati
स्वास्थ्यमा सुधार नआएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना

स्वास्थ्यमा सुधार नआएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना

काठमाडौं, २४ चैत । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ । उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना गरिएको हो । आइतवार साँझ उनलाई “लक्षणहरू उस्तै” देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा“कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो।” भनिएको छ: “चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ।”प्रधानमन्त्री कार्यालयकी प्रवक्ताका अनुसार प्रधानमन्त्रीले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका सबै कर्मचारीहरूलाई उनीहरूको कडा परिश्रमका लागि धन्यवाद दिएका छन् र सर्वसाधारणलाई घरभित्रै सुरक्षित बस्न सरकारले दिएको सुझाव मान्न पनि भनेका छन्।

Share This
  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares