दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा – EsancharPati
दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा

दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा

काठमाडौं- ‘अमेरिकन आइडल’मा छनोट भएका नेपाली मूलका दिवेश पोखरेलले आफ्नो दमदार प्रस्तुतिलाई निरन्तरता दिँदै टप २० मा स्थान सुरक्षित गरेका छन् ।आइतबार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् । दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तती दिएका थिए । स्टेज नाम आर्थर गनबाट चिनिने दिवेशको टप २० मा छनोट हुने प्रस्तुती हेर्न उनको पूरै परिवार पुगेका थिए ।

दिवेशलाई अबको यात्राको लागि उनको प्रस्तुतीसँगै सामाजिक संजालमा फलोअरको संख्या पनि चाहिन्छ । यसको लागि अमेरिकन आइडलले उनलाई एउटा फेसबुक पेज दिएको छ । यो पेजमा फलोअरको संख्याले उनलाई केही अंक प्राप्त हुनेछ र उनी अर्को राउण्डसम्म पुग्न सहयोग पुग्नेछ । दिवेशले आफ्नो फेसबुकमार्फत पेज लाइक गर्न तथा शेयर गरी आफन्त तथा साथीभाइलाई लाइक र शेयर गर्न अजनुरोध गरिदिन समेत आग्रह गरेका छन् ।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares