लकडाउन लाइ थप कडाइ गरिने, एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने – EsancharPati
लकडाउन लाइ थप कडाइ गरिने,  एक  प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने

लकडाउन लाइ थप कडाइ गरिने, एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । बैठकले कोरोनाको संक्रमण फैलन नदिन सबै निकायले प्रभावकारी कदम चाल्नुपर्ने निष्कर्ष निकालेको छ ।बालुवाटारमा वसेको मन्त्रीपरिषदको बैठकले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरस संक्रमणको आशंका भएका सबैको प्राथमिकताका साथ स्वास्थ्य परीक्षण गराउने निर्णय गरेको छ ।

बैठकले लकडाउन थप गर्नेबारे भने कुनै निर्णय लिएको छैन । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिनुभयो । आजै मन्त्रिपरिषदको बैठको निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने बताउनुभयो।कोरोनाका थप संक्रमित भेटिएपछि सरकारले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

Share This
  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares