ललितपुरको क्वारेन्टाइनमा १३ जना इन्डोनेसियन – EsancharPati
ललितपुरको क्वारेन्टाइनमा १३ जना इन्डोनेसियन

ललितपुरको क्वारेन्टाइनमा १३ जना इन्डोनेसियन

ललितपुर, चैत्र २० । ललितपुरको महालक्ष्मी नगरपालिकामा १३ जना इन्डोनेसियन नागरिकलाई क्वारन्टाइनमा राखिएको बताइएको छ। हिजो राति सप्तरीबाट फर्किएका १३ जना इन्डोनेसियनलाई इमाडोलमा रहेको एक मस्जिदमा क्वारन्टाइनमा राखिएको हो।

‘पाससहित सप्तरीबाट काठमाडौं फर्किएका हुन्,’ महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले भने,’बनेपाको एक मस्जिदमा गएका थिए तर त्यहाँ लिन नमानेपछि प्रहरीले इमाडोलमा राख्न ल्याएको हो।’

गत फेब्रुअरीमा सप्तरीमा इस्तेमा (मुस्लिम समुदायको धार्मिक प्रवचन) भएको थियो। सो प्रवचन संसारका अरू देशबाट पनि सहभागीहरू आएका थिए। सोही इस्तेमा भाग लिन जनवरी २१ मा सात जना इन्डोनेसियन आएका थिए भने फेब्रुअरी ११ मा ६ जना थपिए। जनवरीमा आएका ती नागरिकहरू फेब्रुअरी ८ मा सप्तरी पुगे भने अन्य बाँकी फेब्रुअरी १३ तारिखमा गएका थिए। प्रहरीका अनुसार सप्तरीमा फेब्रुअरी १४, १५ र १६ तारिखको इस्तेमा थियो। सप्तरीका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरका अनुसार इन्डोनेसियन नागरिकहरू कञ्चन रूप नगरपालिकाको एक मस्जिदमा बसिरहेका थिए र लक डाउन भएपछि उनीहरू अलपत्र परेका थिए।

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares