नीजि अस्पतालले उपचार नगरेमा लाईसेन्स खारेज गर्नुपर्छ : सहसंयोजक रञ्जित तामाङ – EsancharPati
नीजि अस्पतालले उपचार नगरेमा लाईसेन्स खारेज गर्नुपर्छ : सहसंयोजक रञ्जित तामाङ

नीजि अस्पतालले उपचार नगरेमा लाईसेन्स खारेज गर्नुपर्छ : सहसंयोजक रञ्जित तामाङ

काठमाडौँ, १९ चैत । नेपाल कम्युनिष्ट पार्टीको प्रभावशाली विध्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले मुलुकमा परेको संकटको समयमा मानवीय संबेदना ख्याल नगरि बिरामि नलिने, उपचार सेवा नदिने निजि अस्पतालको या त लाईसेन्स खारेज गरिनु पर्छ, या त मानबिय अपराधको मुद्धामा पक्राउ गरि कानुनी उपचार गरिनुपर्ने माग गर्नुभएको छ । हालै निजि अस्पतालहरुले ज्वरो आएका बिरामीहरुलाई भर्ना नलिने जस्ता खबरहरु आएको थियो । जस्को लागि उहाले सरकारको समेत गम्भिर ध्यानाकर्षण गराउन चाहेका छन ।
उहाले आफ्नो सामाजिक थप लेखेका छन, “बिश्व मानव समुदायलाई नै समस्यामा पार्ने कोरोना भाईरसको महामारीले देश आक्रान्त भएको यो घडीमा देश,जनता र समाज प्रति उत्तरदायी र जिम्मेवार बन्न निजि अस्पतालका संञ्चालकहरुलाई आग्रह गर्दछु । अस्पतालहरुले स्वास्थ्य सेवा प्रबाह गर्ने हो, तर संकटको बेला मानबियता र सामाजिक दायित्व पनि पुरा गर्नु पर्छ । बिसुद्ध पैसा कमाउने ब्यापारीक प्रयोजनले मात्र सञ्चालित हुनु हुदैन ।” यसर्थ यस्ता अस्पातलहरुलाई या त कानूनी कार्वाही गर्नुपर्छ या यिनिहरुलाई विनाशर्त सरकारीकरण गर्नुपर्ने अपरिहार्य भईसकेको छ ।

Share This
  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares