प्रहरीलाई पनि ५० प्रतिशत भत्ता दिन गृहको प्रस्ताव – EsancharPati
प्रहरीलाई पनि ५० प्रतिशत भत्ता दिन गृहको प्रस्ताव

प्रहरीलाई पनि ५० प्रतिशत भत्ता दिन गृहको प्रस्ताव

कोरोना नियन्त्रण तथा रोकथाममा प्रत्यक्ष रुपमा खटिएका प्रहरीलाई ५० प्रतिशत भत्ता दिन गृह मन्त्रालयले प्रस्ताव गरेको छ । जोखिमको अवस्थामा नियमित भन्दा धेरै समय काम गर्नुपरेकाले उनीहरुलाई भत्ताको प्रस्ताव गरिएको हो ।


गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ५० प्रतिशत भत्ता दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । सरकारले यसअघि नै चिकित्सक, स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकलाई भत्ता दिने निर्णय गरिसकेको छ । सुरक्षाकर्मीलाई यो अवस्थामा भत्ता दिने पक्षमा आफुहरु रहेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु यतीबेला फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन् । एकातर्फ उनीहरुलाई कामको बोझ छ भने अर्काेतर्फ जोखिम पनि छ । उनीहरुलाई फिल्डमा उत्साहित गराउन भत्ता दिन लागिएको छ । साथै उनीहरुको २५ लाख रुपैयाँको जीवनबिमा समेत गर्ने निर्णय आइतबार मन्त्रिपरिषद्ले गरिसकेको छ । साथै सेनालाई पनि भत्ता दिन रक्षा मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares