एलिजा गौतम अभिनित चलचित्र “अनुराग” युट्युबमा सार्वजनिक (भिडियोसहित) – EsancharPati
एलिजा गौतम अभिनित चलचित्र “अनुराग” युट्युबमा सार्वजनिक (भिडियोसहित)

एलिजा गौतम अभिनित चलचित्र “अनुराग” युट्युबमा सार्वजनिक (भिडियोसहित)

काठमाडौं, १६ चैत्र । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नेपाली कथानक अभिनित चलचित्र ‘अनुराग’  ओ.एस.आर. डिजिटलमार्फत आजबाट युट्युबमा सार्वजनिक गरिएको छ । सांगितिक प्रेमकथामा आधारित उक्त चलचित्र  ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको हो । उक्त चलचित्र सत्यराज चौलागाँईले निर्देशन गरेका हुन् ।

यस चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौलालगायत चर्चित कलाकारहरुको मुख्य भूमिका छ । चलचित्रको निर्मातामा  भरत गौतम र गीता भेटवाल हुन् । चलचित्रमा लाइन-प्रोड्युसर दिपक गौतम रहेका छन् भने निर्माण नियन्त्रक नबिन पुरी  हुन् ।

रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेको  छ  ।

https://youtu.be/4lQ7E8ZiFKwhttps://www.reportersnepal.com/2020/03/409410

Share This
  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares