लक डाउनबाट जनजीवन अस्तव्यस्त हुन नदिन सरकारले केही लचकता अपनाउने निर्णय – EsancharPati
लक डाउनबाट जनजीवन अस्तव्यस्त हुन नदिन सरकारले केही लचकता अपनाउने निर्णय

लक डाउनबाट जनजीवन अस्तव्यस्त हुन नदिन सरकारले केही लचकता अपनाउने निर्णय

काठमाडौं : लक डाउनबाट जनजीवन अस्तव्यस्त हुन नदिन सरकारले केही लचकता अपनाउने निर्णय गरेको छ । जस अनुसार दैनिक उपभोग्य वस्तुहरुको उत्पादन, ढुवानी, वितरण र किनमेललाई सहज बनाइनेछ । यस्ता काममा अवरोध नगर्ने सरकारले निर्णय गरेको हो । कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको शुक्रबार बसेको बैठकले न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो ।

बैठकपछि अर्थ डा. युवराज खतिवडाले सर्वसाधारणको दैनिकी चलाउनका लागि अत्यावश्यक वस्तुको उत्पादन, ढुवानी, वितरण तथा आवागमनलाई नरोक्ने निर्णय भएको जानकारी दिएका हुन्। ठूला तथा उत्पादनमूलक उद्योगहरुको सञ्चालन भने हाललाई खुला गरिएको छैन ।’ सर्वसाधारणले भीडभाड नगरी किनमेल गर्नुपर्नेछ । आपसी दूरी कम गर्नुपर्नेछ ।

अलपत्र परेका पर्यटकहरुलाई सडक मार्गबाट भए पनि काठमाडौं ल्याउने, विदेशमा बेखर्ची भएका विद्यार्थीका अभिभावकहरुले खर्च पठाउन चाहेमा विदेशी मुद्रा सटही गरिदिने लगायतका निर्णयहरु पनि गरिएका छन् । यसैगरी, समितिको बैठकले कोलकत्ता भन्सारबाट नेपाली भन्सारसम्म आएर रोकिएका सामानहरु छुटाउन सहजीकरण गर्ने निर्णय गरेको छ ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares