ट्रम्प र सी ले मतभेद छोडेर सँगै काम गर्ने – EsancharPati
ट्रम्प र सी ले मतभेद छोडेर सँगै काम गर्ने

ट्रम्प र सी ले मतभेद छोडेर सँगै काम गर्ने

दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोनमा कुराकानी भएको छ। कोरोना भाइरसको संक्रमणका बिषयमा रहेर कुराकानी भएको जनाइएको छ। चिनको सरकारी टेलिभिजन सिसिटिभीले बिहीबार भएको जी-२० मुलुकहरूको भिडिओ कन्फरेन्सपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी भएको जनाएको छ।

त्यसअघि भएको भिडिओ कन्फरेन्समा चिनियाँ राष्ट्रपति सीले कोरोनाको संक्रमण रोक्न विश्वव्यापी सहकार्य हुनुपर्ने, अर्थतन्त्रलाई गति दिन कार्यक्रम ल्याउनु पर्ने र अमेरिकाले भाइरससँग जोडेर चीनलाई बदनाम गर्ने काम रोक्नु पर्ने बताएका थिए।

दुई वर्षदेखि व्यापार युद्धमा रहेका अमेरिका र चीनबीच पछिल्लो पटक कोरोना भाइरसबारे गम्भीर मतभेद देखिएको थियो। कोरोना भाइरसलाई ट्रम्पलेले चिनियाँ भाइरस भनेपछि चीन थप क्रुद्ध भएको थियो। यो टेलिफोन वार्ताले अमेरिका र चीनबीचको चिसो सम्बन्धमा थोरै भएपनी न्यानोपन ल्याएको बिश्लेशकहरुको भनाइ छ ।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares