मेलम्चीको पानी झनै अनिस्चित – EsancharPati
मेलम्चीको पानी झनै अनिस्चित

मेलम्चीको पानी झनै अनिस्चित

बहुप्रतिक्षित मेलम्ची खानेपानी दशैसम्ममा काठमाडौं आउने लक्ष्यका साथ गरिदै आएको काममा फेरी कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन गरेपछि झनै ओझेलमा परेको छ भने अरु आयोजनाका काम समेत रोकिएका छन् ।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने, ‘देशभर लकडाउन भएपछि हामीले आयोजनामा भइरहेका सबै काम रोकेका छौँ ।’ एक साताअघि मात्रै खानेपानीमन्त्री बिना मगरको उपस्थितीमा मेलम्ची खानेपानी आयाेजना सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो । दशैंअघि नै मेलम्चीको पानी काठमाडौँ ल्याउने योजनाअनुसार काम भइरहेको भएपनि कोरोनाका कारण ढिला हुनसक्ने र कहिले शुरु हुने अनी कहिले सम्पन्न हुनेमा समेत निश्चितता देखिन्न ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share