डब्ल्यूएचओको कोरोना रोकथामका लागि थप सुझाव – EsancharPati
डब्ल्यूएचओको कोरोना रोकथामका लागि थप सुझाव

डब्ल्यूएचओको कोरोना रोकथामका लागि थप सुझाव

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि दोस्रो अवसरको सदुपयोग गर्न सबै देशहरुलाई अपिल गरेको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयिससलेे बुधबार नियमित जानकारी दिने क्रममा अहिले गरिएको लकडाउनले एउटा अवसरको ढोका खुलेको बताए । यसको सदुपयोग गरी कोभिड-१९लाई नियन्त्रण गर्न उनले सुझाएका छन् ।

विश्व स्वास्थ्य संगठनले सुझाएका थप कदमहरु

1 हरेक मुलुकलाई आफ्नो स्वास्थ्य स्याहार र सार्वजनिक स्वास्थ्य जनशक्ति बढाउने, तालिम दिने र उनीहरुलाई खटाउने ।
2 उपलब्ध प्रणालीको प्रयोग सबै शंकास्पद संक्रमित पहिचानको लागि गर्नुपर्ने ।
3 परीक्षणको उत्पादन, क्षमता र उपलब्धता बढाउनु पर्ने ।
4 बिरामीको उपचार तथा आइसोलेशनमा राख्न आवश्यक सबै किसिमको सुविधाको व्यवस्था गर्ने ।
5 स्पष्ट योजना बनाउने र सबै सरकार कोभिड-१९ लाई रोक्न लागि पर्नुपर्ने ।

यी कदम नै भाइरसको नियन्त्रणका लागि सबैभन्दा राम्रो योजना भएको समेत विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share