फ्रान्सबाट आएकी युवतीसँगै आएका १२५ यात्रुको पहिचान ३३ अझै बाँकी – EsancharPati
फ्रान्सबाट आएकी युवतीसँगै आएका १२५ यात्रुको पहिचान ३३ अझै बाँकी

फ्रान्सबाट आएकी युवतीसँगै आएका १२५ यात्रुको पहिचान ३३ अझै बाँकी

कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् चैत ४ मा फ्रान्सबाट कतार ट्रान्जिट हुँदै काठमाडौँ आएकी युवतीसँगै यात्रा गरेका १२५ जना यात्रुको पहिचान भएको छ भने अब त्यस विमानमा सवार ३३ जना यात्रुको पहिचा बाँकी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, कोरोना भाइरस संक्रमित काठमाडौंकी १९ वर्षीया युवतीसँगै आएका अन्य १२५ जना यात्रुको पहिचान गरिसकिएको छ उनिहरुको नाम र ठेगाना पत्ता लागिसकेकाले उनीहरुसँग स्थानीय प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत सम्पर्क हुँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलका एक अधिकारीले ती यात्रुका राहदानीसहितका विवरणका प्रतिलिपि नेपाल प्रहरीलाई बुझाइसकेकाले अब उनीहरुको बसोबास रहेको स्थानसम्म पुग्न सहज हुने जानकारी दिनुभयो । ती यात्रुको घर ठेगानमा स्थानीय प्रहरी युनिटलाई ‘मुभ’ गराइसकिएको छ भन्नुभयो, भने स्थानीय प्रहरी युनिटको टोली सम्बन्धित यात्रुको घरसम्म पुग्दैछन् । उनिहरु पत्ता लाग्नसाथ क्वारेन्टाइनमा राखिने जानकारी प्राप्त भएको छ ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares