सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो – EsancharPati
सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले  बढ्यो

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो

काठमाडौं : सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर ७६ हजार ५०० रुपैयाँ पुगेको हो । गत शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ७५ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले नै बढेर ६७ हजार २०० रुपैयाँ पुगेको छ । 
 गत शुक्रबार तेजावी सुनको भाउ प्रतितोला ७५ हजार २०० रुपैयाँ थियो । यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर ७ सय २० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ७ सय रुपैयाँ थियो ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares