हेलिकप्टरबाट ‌औषधि छर्किने हल्ला मात्र : नेपाली सेना – EsancharPati
हेलिकप्टरबाट ‌औषधि छर्किने हल्ला मात्र : नेपाली सेना

हेलिकप्टरबाट ‌औषधि छर्किने हल्ला मात्र : नेपाली सेना

काठमाडौं, ८ चैत । शनिवार बिहानदेखि नै सामाजिक सञ्जालमा कोरोना सम्बन्धी एउटा सूचना भाइरल भयो। केही अडियो समेत सार्वजनिक भयो। सुचना आज राति (शनिवार) कोरोना भाइरसको संक्रमण रोक्न हेलिकप्टरबाट किटनाशक औषधि छर्कने भन्ने थियो।

धेरैले सूचनालाई सत्य समेत मान्दै शेयर गरेको पाइयो। तर, नेपाली सेनाले यसबारे कहीँकतै औपचारिक जानकारी दिएको पाइएन। अन्ततः यो सूचना गलत भएको पुष्टि भएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सूचना गलत भएको जानकारी दिनुभएको छ । ुयो अफवाह हो। यस्तोको पछाडि नलाग्नुहोला,ु पाण्डेले भन्नु भयो । आज मात्र प्रहरीले कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय साइबर व्यूरोको टोलीले रामेछाप घर भएका २० वर्षीय विवेक थापालाई नियन्त्रणमा लिएको हो।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा झुट्ठा अफवाह फैलाउन नहुने उल्लेख गरिएको छ। यस्तो गरिएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ व्यवस्था छ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares