कोरोना बिशेष :सरकारले ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई माफी दिने तयारी गर्दै – EsancharPati
कोरोना बिशेष :सरकारले ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई माफी दिने तयारी गर्दै

कोरोना बिशेष :सरकारले ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई माफी दिने तयारी गर्दै

काठमाडौं। सरकारले जेल तथा हिरासतमा भिडभाड हुन नदिन कसुरको गम्भीरता हेरेर कैदीलाई छाड्ने तयारी गरेको छ। ५० प्रतिशत कैद भुक्तान गरिसकेका र चालचलन राम्रा भएका कैदीको विवरण लिएर उनीहरुलाई छाड्ने तयारी गरेको हो।महान्यायाधीवक्ता कार्यालयले हिरासत तथा कारागारको भिड कम गर्न कैदीबन्दीलाई कानुनले तोकेका छुट दिन प्रहरी र कारागार विभागलाई आग्रह गरेको छ।

कैदी छाड्न मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने भएकाले महान्याधिवक्ता कार्यालय र गृहमन्त्रालयले यो विषयमा गृहकार्य गरिरहेको छ। महान्याधिवक्ताको कार्यालयले गृहमन्त्रालय, प्रहरी महानीरिक्षक कारागार व्यवस्थापन विभाग र सरोकारवाला निकायसँग परामर्श गरी कैदी छाड्ने प्रकृयालाई अघि बढाउन सकिने जनाएको छ।त्यस्तै नकारात्मक सूचीमा नपरेका कैदीबन्दीले ५० प्रतिशत कैद सजाय भोगिसकेका छन् भने उनीहरूलाई कानुन बमोजिम छुट दिन सकिने कानुनी व्यवस्था छ तर भ्रष्टाचार, यातना, जबरजस्ती करणी, व्यक्ति हत्या जाति हत्या, विस्फोटक पदार्थ, मानव बेचबिखन तथा ओसारपसार, अपहरण, लागुऔषध कारोबारमा जेल परेकालाई भने कानुनले सजाय माफी दिन नमिल्ने व्यवस्था गरेको छ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares