१७३ देशमा पुग्यो कोरोना , ८ हजार ९ सय ४३ जनाको मृत्यु – EsancharPati
१७३ देशमा पुग्यो कोरोना , ८ हजार ९ सय ४३ जनाको मृत्यु

१७३ देशमा पुग्यो कोरोना , ८ हजार ९ सय ४३ जनाको मृत्यु

काठमाडौं–विश्वभर कोरोना भाइरसको संक्रमण १७३ देशमा पुगेको छ ।एसको संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमित मध्ये ८४ हजार ३ सय ८६ जना उपचारपछि घर फर्किएका छन् ।चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण चीनमा सुन्य मा झरिसकेको बतायिएको छ। विगत केहिदिनदेखि चीनमा नयाँ संक्रमणको संख्या शुन्य छ भने ज्यान गुमाउनेको संख्या पनि देखिएको छैन् ।चीनमा अहिलेसम्म ३ हजार २ सय ३७ जनाले ज्यान गुमाएका छन् भने ८० हजार ८ सय ९४ मा संक्रमण छ । ६९ हजार ६ सय १४ जना उपचारपछि घर फर्किएका छन् ।

चीनपछि दोस्रो धेरै प्रभावित बनेको मुलुक इटाली हो । इटालीमा ३५ हजार ७ सय १३ जनामा संक्रमण देखिएको छ । जहाँ ४ हजार २ सय ७ जनामा नयाँ संक्रमण देखिएको छ भने २ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन् । ४ सय ७५ जनाले एक दिनमै ज्यान गुमाएका छन् ।त्यस्तै इरानमा १७ हजार ३ सय ६१ संक्रमित छन् । १ हजार १ सय ३५ जनाले ज्यान गुमाएका छन् तेस्तै कोरोनाकै संक्रमणबाट स्पेनमा ६ सय ३८, जर्मनीमा २८, अमेरिकामा १५०, फ्रान्समा २६४, दक्षिण कोरियामा ८४, स्वीटजरल्याण्डमा ३३, बेलायतमा १०४, नेदरल्याण्डमा ५८ जनाले ज्यान गुमाएका छन् ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares