३६ विदेशीलाई विमानस्थलबाटै फिर्ता पठाइयो – EsancharPati
३६ विदेशीलाई विमानस्थलबाटै फिर्ता पठाइयो

३६ विदेशीलाई विमानस्थलबाटै फिर्ता पठाइयो

काठमाडौं ।त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।स्वास्थ्य प्रमाणपत्र नल्याई प्रवेश गर्न खोज्ने ३६ विदेशीलाई फिर्ता (इन्ट्री रिफ्युज्ड) गरेको अध्यागमनले जानकारी दिएको हो । फागुन २७ गतेदेखि सोमबारसम्म गरी ३६ जनालाई फिर्ता पठाइएको विभागले बताएको छ ।

पछिल्लो केही दिन यता कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अध्यागमनले स्वास्थ्य प्रमाणपत्र नल्याएका विदेशीलाई फर्काउने नीति लिएको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय बमोजिम गृह मन्त्रालयले अनअराइभल भिसा दिने प्रक्रिया समेत यसअघि नै स्थगित गरिसकेको छ । हाल सम्बन्धित मुलुकका नेपाली दूतावासले मात्र भिसा जारी गर्दै आएका छन् ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares