गर्मीयाम सुरू भएसँगै डेंगी रोग को कहर ,३६ जना बिरामी – EsancharPati
गर्मीयाम सुरू भएसँगै डेंगी रोग को कहर ,३६ जना बिरामी

गर्मीयाम सुरू भएसँगै डेंगी रोग को कहर ,३६ जना बिरामी

काठमाडौं– कोरोना भाइरसको त्रास रहेको बेला नेपालमा डेंगु रोग पनि देखिन थालेको छ ।गर्मीयाम सुरू भएसँगै डेंगी रोग फैलिएको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका विभिन्‍न अस्पतालहरुबाट सन् २०२० (जनवरीदेखि मार्च १३ सम्म)मा ३६ वटा डेंगुका बिरामी देखिएका छन् ।२०७५/०७६ मा तीन हजार चार सय जनामा डेंगी संक्रमण देखिएको थियो।प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको बताईयको छ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •