नेपाली हेलिकप्टर कम्पनीहरूले विदेशी पाइलटलाई बिदाइ गरे – EsancharPati
नेपाली हेलिकप्टर कम्पनीहरूले विदेशी पाइलटलाई बिदाइ गरे

नेपाली हेलिकप्टर कम्पनीहरूले विदेशी पाइलटलाई बिदाइ गरे

यस पटकको वसन्तकालीन हिमाल आरोहणलगायतका पर्यटकीय गतिविधिमा सरकारले रोक लगाएपछि नेपाली हेलिकप्टर कम्पनीहरूले विदेशी पाइलटलाई बिदाइ गरेका छन् ।

चार्टर उडान घटेपछि १५ वटा हेलिकप्टर ग्राउन्डेड गरिएको छ  र यो सिजनका लागि राखिएका १५ जना विदेशी पाइलटलाई बिदाइ गरिएको छ ।

नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनीका ३३ वटा हेलिकप्टर छन् । केही कम्पनीले कर्मचारी कटौती पनि थालेका छन् । करोडौं लगानी गरेका व्यवसायीहरूले खर्च कटौती गर्न शनिबार विदेशी बिमा कम्पनीका प्रतिनिधिसँग काठमाडौंमा छलफल गर्दैछन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •