यस सिजन सगरमाथा आरोहणका सबै अभियान बन्द – EsancharPati
यस सिजन सगरमाथा आरोहणका सबै अभियान बन्द

यस सिजन सगरमाथा आरोहणका सबै अभियान बन्द

काठमाडौं। कोरोनाभाइरको फैलँदो संक्रमणलाई मध्यनजर गर्दै नेपालले पनि यस सिजन सगरमाथा आरोहणका सबै अभियान बन्द गरेको हो ।पर्वतारोहणका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । सरकारले विभिन्न हिमालहरूको आरोहणका लागि यो सिजनमा पनि अनुमति दिएको थियो । अनुमति लिएका केही आरोही आरोहणको तयारीमा थिए । तर उच्चस्तरीय समन्वय समिति बैठकले यसअघि दिइएका अनुमति रद्द गर्ने र नयाँ अनुमति नदिने निर्णय गरेको छ ।

बैठकको निर्णयमा भनिएको छ ‘२०२० मा हुने सगरमाथा आरोहणका यस सिजनका लागि जारी गरिएका सबै अनुमति र अविष्यमा जारी गरिने सबै अनुमति रद्द गरिनेछन् ।’ यसकारले विदेशी पर्यटकसँग अन्तयन्तै जरुरी नहुँदासम्म नेपालको यात्रा नगर्न अपिल गरेको छ तेसै गरी आउँदो मे ३१ सम्मका लागि नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सभा–सम्मेलन तथा समारोह गर्न पनि सरकारले रोक लगाएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •