होलीको विदामा पनि ग्यास आयात गरिने – EsancharPati
होलीको विदामा पनि ग्यास आयात गरिने

होलीको विदामा पनि ग्यास आयात गरिने

नेपाल आयल निगमले फागुको बिदामा पनि ग्यास आयात गर्ने भएको छ । कोरोना त्रासले रित्तो सिलिन्डर भर्न उपभोक्ताहरु लाईनमा बस्न थालेपछि त्रास चिर्न ग्यास आयत गर्न लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । निगमको आग्रह पछि फागुन २६ र २७ गते सार्वजनिक विदाको दिन पनि ग्यास लोडदिन भारतीय आयल कर्पोरेसन्स तयार भएको उनले बताए । कार्यकारी निर्देशक पौडेलकाअनुसार दुई दिनमा करिब एक सय बुलेटमा ग्यास लोड हुनेछ । उक्त परिमाण भनेको झण्डै झण्डै एक लाख २५ हजार सिलिन्डर बराबर हो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •