मिनभवनमा साइकल र स्कुटर ठोक्किँदा चालक गम्भीर घाइते – EsancharPati
मिनभवनमा साइकल र स्कुटर ठोक्किँदा चालक गम्भीर घाइते

मिनभवनमा साइकल र स्कुटर ठोक्किँदा चालक गम्भीर घाइते

मिनभवनमा शुक्रबार बिहान स्कुटर र साइकलमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये स्कुटर चालकको अवस्था गम्भीर छ ।

बिहान करिब साढे ५ बजे तिनकुनेबाट बानेश्वरतर्फ आउँदै गरेको मे ७ प ५३६ नम्बरको स्कुटर र साइकलमा ठोक्किएका थिए ।

दुर्घटनामा स्कुटर चालक झापाको भद्रपुर नगरपालिका ११ घर भइ काठमाडौं काँडाघारी बस्दै आएका २५ वर्षीय योगेश आचार्य र साइकलयात्री काभ्रेपलान्चोक घर भइ हाल बानेश्वर थापागाउँ बस्दै आएका २६ वर्षीय हिराकाजी श्रेष्ठ घाइते भएका छन् । गम्भीर घाइते भएका स्कुटर चालक आचार्यलाई सिभिल अस्पताल मिनभवनबाट थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल पठाइएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •