कोरोना संक्रमणको आशंकामा भर्ना भएका एक नेपाली टेकु अस्पतालबाट भागे – EsancharPati
कोरोना संक्रमणको आशंकामा भर्ना भएका एक नेपाली टेकु  अस्पतालबाट भागे

कोरोना संक्रमणको आशंकामा भर्ना भएका एक नेपाली टेकु अस्पतालबाट भागे

काठमाडौं। कोरोनाभाइरसको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली अस्पतालबाट भागेका छन्।इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका एक विशेषज्ञका अनुसार कोरियाबाट आएका ति नेपाली बुधबार उनी अस्पताल भर्ना भएका थिए। ती व्यक्ति अझै सम्पर्कमा आएका छैनन् ।

प्रहरीको सहयोगमा उनको खोजी भइरहेको अस्पताल स्रोतल जानकारी दिएको छ । अस्पतालमा बुधबार कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल फर्किएका एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए ।कोरियाबाट आएका ती नेपालीलाई बुधबार विमानस्थलबाट कोरोनाको आशंका गरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको थियो। साधरण जाँचपछि उनलाई आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताएका थिए।हाल टेकुमा ४ जना कोरोना संक्रमणको शंकामा भर्ना भएका छन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •