सईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा भ्रष्टाचार मुद्दा – EsancharPati
सईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा भ्रष्टाचार मुद्दा

सईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा भ्रष्टाचार मुद्दा

२१ फागुन । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा मुद्दा दायर भएको छ । भारतको मगध विश्वविद्यालय बोधगयाबाट स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा उनले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि हुन आएको हो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •