कम्युनिष्ट पार्टी पोखरीजस्तो एकैठाउँ जमेर बस्दैन : अध्यक्ष प्रचण्ड – EsancharPati
कम्युनिष्ट पार्टी पोखरीजस्तो एकैठाउँ जमेर बस्दैन : अध्यक्ष प्रचण्ड

कम्युनिष्ट पार्टी पोखरीजस्तो एकैठाउँ जमेर बस्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बिहीबार काठमाडौंमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी पोखरीजस्तो नभइ नदीजस्तो भएकाले विभिन्न गड्गडाहड, भुँवरीहरु बेलाबेला देखिइरहने बताउदै पार्टी कुनै पनि हालतमा विभाजित नहुने बताएका छन् उनले भने ‘कम्युनिष्ट पार्टी पोखरीजस्तो एकैठाउँ जमेर बस्दैन । भित्ताहरु भत्काउँदै ठेल्दै भुँमरी पर्दै महासागर अर्थात् साम्यवादसम्म लम्कने हो,’भन्दै उनले थपे । कम्युनिष्ट पार्टी साम्यवादमा पुगेपछिमात्र शान्त रहने बताउँदै जीवन्त कम्युनिष्ट पार्टीमा विभिन्न प्रकारका असहमतिहरु देखिइरहने उनले दाबी गरेका छन। साथै असहमति भए पनि निरन्तर छलफलबाट एकताका बाँकी काम चाँडै पूरा गरिने उनले बताएका छन।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •