पूर्व असईले सहकर्मीलाई बलात्कार गरेको आरोप – EsancharPati
पूर्व असईले सहकर्मीलाई बलात्कार गरेको आरोप

पूर्व असईले सहकर्मीलाई बलात्कार गरेको आरोप

२ फागुन, काठमाडौं । नेपाल प्रहरीका पूर्वअसई राजेन्द्र राई सहकर्मीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

एक महिला प्रहरीले राजेनद्रविरुद्ध महिला तथा बालबालिका सेल, कालीमाटीमा ९ महिनाअघि आफू बलात्कृत भएको भन्दै जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

सहकर्मी बलात्कारको आरोप लागेपछि राईले यही फागुन १ गते राजीनामा दिएका थिए । राजीनामा दिनेबेला उनी प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत थिए ।

जिल्ला अदालत काठमाडौंबाट म्याद थप गराइ अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •