आफ्नै सहकर्मीलाई जबरजस्ती करणी: डाक्टर पक्राउ – EsancharPati
आफ्नै सहकर्मीलाई जबरजस्ती करणी: डाक्टर पक्राउ

आफ्नै सहकर्मीलाई जबरजस्ती करणी: डाक्टर पक्राउ

रौतहट, तीन वर्षदेखि आफनै क्लिनिककी महिला सहकर्मीलाई जबरदस्ती करणी गरेको आरोपमा प्रहरीले मौलापुर नगरपालिका ५ घरभई गरुडा हाल ४ स्थित अर्चना पोलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालनक ३५ बर्षिय अहेव श्यामशुन्दर पटेललाई पक्राउ गरेको छ ।

पीडित महिलाको जाहेरीको आधारमा जबरदस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

पछिलो दुईबर्षदेखी गरुडास्थित पोलीक्लिनिक सञ्चालन गरेका आरोपी पटेलमा काम गर्दैजाँदा बिवाहगर्ने प्रलोभन देखाएर आफुलाई पटक–पटक यौनशोषण गरेको पीडितको भनाई छ ।

पटेलले करणी गरेकाले तीन महिनाको गर्भवती रहेको चौधरी थरकी पीडितले बताएकी छिन् । उनले यसअघि एकबर्ष पहिले पनि पटेलकै गर्भ बसेको र बिभिन्न डरत्रास देखाएर औषधीबाट गर्भ तुहाउन लगाएको दुखेसो पोखिन् । फेरी अब बिवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ ।  आरोपी अहेव श्यामसुन्दर पटेल हिरासतमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •