×

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त

images

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खड्कालाई प्रशिक्षकको नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । सिनियर महिला फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक खड्का एन्फाको ‘टेक्निकल डाइरेक्टर’ पनि हुन् ।

खड्काले नेपालको आगामी एएफसी एसियन कप छनौटका खेलमा नेपालको प्रशिक्षकको भूमिका निभाउने छन् ।

फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि खाली रहेको प्रशिक्षकमा अन्तरिम रुपमा खड्कालाई नियुक्त गरिएको छ । रसलाई गत फागुनमा एक बर्षका लागि नियुक्त भएपनि आफ्नो कार्यकाल पुरा नहुदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।   

शुक्रबार​ १५ कात्तिक २०८२ ०७:५७ PM मा प्रकाशित

प्रतिक्रिया