×

जर्मनीकी ओलम्पिकमा दोहोरो स्वर्ण पदक विजेता लौराको मृत्यु

images

काठमाडौँ । जर्मनीकी ओलम्पिकमा दोहोरो स्वर्ण पदक विजेता लौरा डाहलमेयरको ३१ वर्षको उमेरमा निधन भएको छ ।

उनको पाकिस्तानस्थित काराकोरम पर्वत शृङ्खलामा रहेको लैला चुचुरो चढ्ने क्रममा मृत्यु भएको उनको व्यवस्थापन र जर्मन ओलम्पिक स्पोर्ट्स कन्फेडेरेसनले बताएको छ ।

डाहलमेयरकी आरोहण साथी मारिना इभाले संकटको संकेत पठाएपछि सोमबार उद्धार कार्य सुरु भएको थियो । तर खराब मौसमका कारण उद्धार कार्य समयमा हुन नसकेको बताइएको छ ।

३१ वर्षीया डाहलमेयरले २०१८ को शीतकालीन ओलम्पिकमा इतिहास रचेकी थिइन् । उनी एउटै शीतकालीन खेलहरूमा स्प्रिन्ट र पर्स्युट दुवै स्पर्धामा स्वर्ण जित्ने पहिलो महिला बायाथलीट बनेकी थिइन् । उनले २५ वर्षको उमेरमा २०१९ मा खेलबाट सन्यास लिएकी थिइन् ।

बिहीबार १६ साउन २०८२ ११:४३ AM मा प्रकाशित

प्रतिक्रिया