×

जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने भएपछी स्वास्थ्य मन्त्री निर्मला लिम्बूले पदबाट राजीनामा दिएकी छन् ।

images

 

काठमाडौं। बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् । उनी पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।

राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताइन् । कोशी नामकरणको विपक्षमा रहेका पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनले बताइन् ।

उनले पहिचान पक्षधरबाट आफ्नो चरित्र हत्या गरेको बताइन् । सरकारमा बसेर पहिचानको मुद्दा उठाउदा आफूमाथि पहिचान पक्षधरबाट नै आक्रमणको प्रयास भएको बताइन्। आइतबार पहिचान पक्षधरले आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए।

बुधबार १७ जेठ २०८० ०६:४६ PM मा प्रकाशित

प्रतिक्रिया