×

शीर्ष नेताहरूको बैठकमा अध्यक्ष माधवकुमार नेपालले एक मुख्यमन्त्री पाउनुपर्ने माग

images

काठमाडौं । आज  आइतबार बिहान बसेको  गठबन्धनका शीर्ष नेताहरूको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सात प्रदेशमध्ये एक प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखिएको एक पदाधिकारीले जानकारी दिए । । उनले राजनीतिक नियुक्तिमा पनि सम्मानजनक सहभागिता पाउनुपर्ने बताएका थिए ।

गठबन्धनमा एकीकृत समाजवादीले मुख्यमन्त्री नपाउने संकेत पाएपछि नै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिँदा नै लिखित सहमति गनुपर्ने माग राखेको ती पदाधिकारीले सुनाए ।“हामीले प्रधानमन्त्रीको विश्वासको मत लिँदा नै प्रदेशको भागबन्डा भएको चर्चा भएपछि लिखित सहमतिको माग गरेका थियौँ,” ती पदाधिकारी भन्छन्, “एक मुख्यमन्त्री पाउनुपर्ने माग गठबन्धन बैठकमा अध्यक्षले राख्नुभएको छ ।”

आइतबार​ १८ चैत २०८० ०५:४६ PM मा प्रकाशित

प्रतिक्रिया